Logo

पछिल्लो २४ घन्टामा २ सय ३८ जनामा संक्रमण पुष्टि



काठमाडौं, १८ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ९७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्