Logo

आज संक्रमित भन्दा निको हुने दोब्बर



काठमाडौं, १९ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय र एन्टिजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्