Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?



काठमाडौं, १९ मंसिर । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ सय ५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको छ ।

त्यस्तै, आज ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १० हजार ७ सय ४७ जनाको परीक्षणमा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्