Logo

काठमाडौंमा आज १ सय संक्रमित थप



काठमाडौँ, १९ मंसिर । पछिल्लो २४ घन्टामा देशभर २ सय ५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ६३ , ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन् । त्यस्तै, आज ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय र एन्टिजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्