Logo

ओमिक्रोनको त्रास: विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुलाई मास्क अनिवार्य



जनकपुर, २० मङ्सिर। विवाहपञ्चमी महोत्सवमा सहभागी हुनेहरुलाई मास्क अनिवार्य गरिएको छ । महोत्सवमा भिड हुने भएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क अनिवार्य गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा सहभागी हुन आएका श्रद्धालुलाई करिव चार लाख मास्क वितरण गर्ने तयारी गरेको छ । विवाहपञ्चमीको मुख्य दिन भारत र नेपालबाट हजारौंको भिडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्टसमेत फेला परेको हुनाले सचेतना अपनाइएको जनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने तयारी गरेको छ । श्रद्धालुलाई सहयोग गर्न स्वयमसेवक पनि परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्