Logo

डा. भण्डारीको टिप्पणी : ‘८० वर्ष पुग्न लागेका देउवालाई सभापति र प्रधानमन्त्री दुवै पदमा रहनुपर्छ भन्नेहरु मुर्ख हुन्’



काठमाडौं, २१ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले ८० वर्ष पुग्न लागेका शेरबहादुर देउवालाई सभापति र प्रधानमन्त्री दुबै पदमा रहनुपर्छ भन्ने मान्छेहरु मुर्ख भएको टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले देउवा नेपाली काँग्रेसभित्र सम्मानित व्यक्तित्व रहेको भन्दै अबका दिनमा सभापति देउवाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

साथै, उनले आफु सभापतिको दाबेदार भएपनि अन्य सिनियर नेताहरुको ईच्छाको कारणले गर्दा उप–सभापतिमा उम्मेद्वारी दिन बाध्य भएको बताएका छन् । ‘वर्तमान परिस्थिती, अहिलेको चुनौति र देशको आवस्यकता अनुसार मेरो सभापति पदको उम्मेद्वारमा दाबेदार रहेपनि अन्य सिनियर नेताहरुको लागि म यस पटक उप–सभापतिमा चित्त बुझाँउन बाध्य भएको हुँ’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्