Logo

आज ३ सय १५ जना संक्रमित थप



काठमाडौं, २१ मंसिर । आज नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ५ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय १० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्