Logo

नेपालमा ओमिक्रन कोरोना भाइरस संक्रमित नीको भए



काठमाडौं, २१ मंसिर । नेपालमा ओमिक्रन प्रजातिको कोरोना भाइरसबाट संक्रमित दुईजना निको भएका छन् । योसँगै नेपाल अहिले ओमिक्रन कोरोना भाइरसबाट मुक्त भएको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि संक्रमित दुवै निको भएको जानकारी दिएको छ । दुवैजना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

विदेशबाट नेपाल आएका दुईजनामा ओमिक्रन कोरोना भाइरसको संक्रमण भेटिएको थियो । मन्त्रालयले ३ मंसिरमा यसबारे जानकारी गराएको थियो । संक्रमितमध्ये एकजना नेपाली र अर्का विदेशी नागरिक थिए ।

विश्वका कतिपय देशमा नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । यात्रा प्रतिबन्ध र कडाई गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्