Logo

कांग्रेस महाधिवेशनमा उम्मेदवार चयन गर्न छलफल जारी



काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज विहानदेखि सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको छ । उनका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बसेको हो । मंगलबारदेखि यी विषयमा छलफल गर्न बैठक बसिरहेको छ।

कांग्रेस महाधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै मङ्सिर २७ गते सोमबार बिहानदेखि मतदान प्रक्रिया सुरु हुने काँग्रेस निर्वाचन कार्यतालिकामा उल्लेख छ



प्रतिक्रिया दिनुहोस्

Screenshot