Logo

रामचन्द्र पौडेल ‘काँग्रेस नेता’ मात्र



काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता भनिएका रामचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावलीमा नेता मात्र भनिएका छन् । जब कि उनी १३औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि वरिष्ठ नेता बनाइएका थिए ।

सूचीमा शेरबहादुर देउवालाई काँग्रेस सभापति उल्लेख गरिएको छ । अन्य पदाधिकारीको नाम पनि सोही अनुसार छ ।

वरियतामा सभापतिका दाबेदार प्रकाशमान सिंहलाई ११औं नम्बरमा राखिएको छ । गोपालमान श्रेष्ठपछि सिंहको नाम छ । सिंहपछि कृष्णप्रसाद सिटौलाको नाम छ ।
चित्रलेखा यादवको नाम १४औं नम्बरमा छ । उनीपछि डा. रामशरण महत र अर्जुननरसिंह केसीको नाम छ ।

सभापतिका दाबेदार सुजाता कोइरालाको नाम २९औं नम्बरमा छ । उनी उपप्रधानमन्त्री भइसकेकी नेता हुन् ।

सभापतिका दाबेदार डा. शेखर कोइरालाको नाम ३६औं नम्बरमा छ । उनी संस्थापन इतर पक्षमा सभापतिका मुख्य दाबेदारमध्येका हुन् ।

महामन्त्रीका दाबेदार गगन थापाको नाम ५२औं नम्बरमा छ । महामन्त्रीका अर्का दाबेदार प्रदीप पौडेलको नाम ६३औं नम्बरमा छ । उनीभन्दा माथि प्रदेश १ को सभापतिमा पराजित गुरुराज घिमिरेको नाम छ । महामन्त्रीका अर्का दाबेदार विश्वप्रकाश शर्माको नाम ७१औं नम्बरमा छ ।

४३१९ महाधिवेशन प्रतिनिधिको सूची



प्रतिक्रिया दिनुहोस्