Logo

रामचन्द्र पौडेलले किन गरे राजनीतिबाट अलग्गिने कुरा ?



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सक्रिय राजनीतिबाट अलग हुने बताउन थालेका छन् । आफ्नो समूहबाट १४औं महाधिवेशनमा सहमतिमै सभापतिको उम्मेद्धवार तय गर्न सकस भएपछि पौडेलले यस्तो बताएका हुन् । उनले सबैले सभापतिमा दबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् । बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए ।

पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिए । नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताएका थिए।

ुरामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छु बैठकपछि महतले भने । पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा बताएको महतले उल्लेख गरे । ुसबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उदृत गर्दै महतले भने ।

संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुनस् भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्