Logo

महाधिवेशन प्रक्रियाबाट अलग भएका पौडेलले किन बोलाए महाविधेशन प्रतिनिधिहरुलाई ?



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका महाधिवेशन प्रतिनिधिहरुसँग चियापन–छलफलको आयोजना गरेका छन् ।

पार्टीको जारी १४औं महाधिवेशनको क्रममा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै महाधिवेशनको प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका नेता पौडेलले भोलि (मंगलबार) महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने भन्दै चियापानको कार्यक्रम आयोजना गरेका छन् ।

पौडेलले महाधिवेशनमा मतदान पनि बहिष्कार गरेका छन् । उद्घाटनसत्रमा पुगेका पौडेल त्यसपछि भने बाहिर नै बस्ने घोषणा गरेका छन् ।

पौडेलको सचिवालयले भने महाधिवेशनमा सहभागी हुन आएका सबै प्रतिनिधिहरुलाई भोलिको चियापानको लागि निम्तो दिईसकेको एक नेताले जनाए । उक्त कार्यक्रम भने लैनचौरस्थित् एक ब्यांक्वेटमा आयोजना गरिने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्