Logo

कांग्रेसमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने, सिंहको निवासमा देउवाका दूत बनेर पुगे बालकृष्ण खाँण



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ।

योसँगै दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गर्ने शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरुबो दौडधुप सुरु भएको छ । अहिले सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँण सभापतिको पहिलो चरणको निर्वाचनमा ३६० मत ल्याएका उम्मेद्धवार प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् ।

सभापतिमा जित्नको लागि देउवालाई सिंहको साथ भए पुग्छ । त्यही भएर अहिले सिंहको साथ खोज्नको लागि देउवाले आफ्ना मान्छे सिंहको निवासमा पठाएका छन् । स्रोतकाअनुसार सिंहले आफूले कसलाई सहयोग गर्ने भन्नेबारे साथीहरुसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्