आन्तरिक छलफलमा जुटे प्रकाशमान


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका प्रत्यासी कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो। त्यससँगै देउवा पक्षका नेताहरु निर्णायक मत भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई फकाउन थालेका छन्।

दोस्रो चरणमा सहयोग देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान निवास चाक्सिबारी पुगेका छन् । खाँणको आग्रहमा सिंहले साथीहरुसँग छलफल गरेपछि जवाफ दिने बताएका छन्।

 

Skip This

Omoda E5 Pro