Logo

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु हुँदै, महामन्त्रीको भोलि



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा उपसभापतिको मतगणना केहीबेरमा सुरु हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना  केहीबेरमा सुरु गर्ने निर्णय गरेको हो । अब ४ बजेपछि मतगणना सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ ।

त्यस्तै, सर्वाधिक चासोको रुपमा रहेको महामन्त्रीको मतगणना भने भोलि मात्रै हुने भएको छ । महामन्त्रीको लागि ५ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सबैजना नेविसंघको राजनीतिबाट आएका हुन् । महामन्त्रीमा खसेको मतको गणना भोलि बिहान ८ बजेबाट गर्ने तयारी गरेको निर्वाचन समिति स्रोतले जनाएको छ ।

मंगलबार नै सभापतिको मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा डा.शेखर कोइरालालाई पराजित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्