Logo

गगन थापा काँग्रेस महामन्त्रीमा विजयी



काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । ४ हजार मत गन्दा उनले २५८१ मत कटाएका छन् । अब ७ सय मत गन्न बाँकी छ ।

७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन । प्रकाशरणको १३२७ मत छ ।

थापाको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । थापा काँग्रेसका लोकप्रीय नेता हुन् ।

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीका उम्मेदवार थिए । उनी कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेर पराजित भएका थिए । यसपटक थापा शेखर कोइरालाको प्यानलबाट उठेका थिए ।



प्रतिक्रिया दिनुहोस्