Logo

अन्तिम नतिजा नआउदै महामन्त्रीमा विजय भएका विश्वप्रकाशलाई कार्यकर्ताले बोकेपछि…



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाशले अग्रता लिएसँगै कार्यकर्ताहरु खुशी भएका छन् ।

४०९० मत गणना हुँदा गगन थापाले २६४४ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले १६८५ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले १३५७ मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्