नवनिर्वाचित उपसभापति खड्काले दिए महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद


काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका पुर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका नवनिर्वाचित उपसभापति खड्काले आफुलाई विजयी गराउने सबैलाई धन्यवाद दिएका हुन् ।

खड्का र धनराज गुरुङ कांग्रेस उपसभापतिकामा विजयी भएका हुन् भने विजयकुमार गच्छदार झिनो अंकले पराजित भएका थिए । गुरुङ शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए । सुजाता कोइराला, डा.चन्द्र भण्डारी, दिव्यश्वरी शाह, महेश आचार्य पनि पराजित भएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रिय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत सम्पुर्ण शुभचिन्तक साथीहरुमा ह्दयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

Skip This

Omoda E5 Pro