रास्वपा सचिवालय बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।

बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमका साथै साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।