Logo

पाँचथरको फालेलुङमा आगलागी हुँदा ३ घर जलेर नष्ट



पाँचथर, १४ पुस । पाँचथरको फालेलुङमा मंगलबार राति आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । फालेफुङ गाउँपालिका–३ स्थित् स्थानीय पुर्णबहादुर केरुङको ३ घर जलेर नष्ट भएको हो । विद्युत सट भएर आगलागी भएको हुनसक्ने आंशका गरिएको छ ।

काठ र ढुंगामाटोले बनेको केरुगका ३ घर जल्दा सुन, चाँदी, लत्ताकपडा, खाद्यान्य र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot