Logo

देउवा-ओली भेटवार्तामा के के कुरा भयो ?



काठमाडौं, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा ओलीलाई भेट्न बालकोटस्थित निवासमै पुगेका हुन् । भेटमा संसद अवरोध खुलाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

विश्वस्त स्रोतका अनुसार भेटमा संसद खुलाएर एमसीसीबारे अगाडि बढ्नेबारे पनि कुराकानी भएको छ । तर, ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएको बुझिएको छ । उनले सापकोटाले एमालेका १४ पूर्व सांसदको पदमुक्तिको सूचना टाँस गर्नुपर्ने विषय उठाउँदै आएका छन् ।

यसै हप्ता काँग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीलाई बालकोट पुगेर भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्