Logo

ऋषि धमला ‘मस्ट पपुलर जर्नलिष्ट अवार्ड-२०७८’ बाट सम्मानित



काठमाडौं, २४ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई मस्ट पपुलर जर्नलिष्ट अवार्ड २०७८ बाट सममानित गरिएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एलआईसी नेपाल मिडिया अवार्ड २०७८ बाट उक्त विद्यामा धमलालाई सम्मान गरिएको हो ।

नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई पत्रकार धमलालाई अवार्ड प्रदान गरेका हुन् । पत्रकार धमलालाई सम्मानपत्रसहित नगद ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

यसअघि लाईफटाईम् अचिभमेन्ट अवार्डबाट बरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ कलाकार नीरविक्रम शाह र वरिष्ठ पत्रकार किशोर नेपाल सम्मानित भएका थिए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघको सहकार्यमा सम्पन्न भएको हो । महासंघको तर्फबाट अध्यक्ष विपुल पोख्रेल सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot