Logo

प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की आइसोलेसनमा



काठमाडौं, २५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन् । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन् ।

बैठकमा सहभागी सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्की पनि शनिबारदेखि नै होमआइसोलेसनमा बसेका छन् । उनीहरुको आज पिसीआर परीक्षण गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्