काठमाडौंको मनोहरामा मृत फेला परेकी महिलाको शव बुझ्न आफन्तले गरे अस्वीकार


काठमाडौं, २५ पुस । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा मृत अवस्थामा फेला परेकी महिलाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । पुस १२ मा गागलफेदी स्थित भिरालो बाटोमा ३३ वर्षीया मृत अवस्थामा भेटिएकी धनमाया बम्जनको शव आफन्तले बुझ्न अस्वीकार गरेका हुन् ।

बम्जनको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । सासु र ससुरा सहितलाई विपक्षी बनाएर उनीहरुले महानगरीय प्रहरी वृत बौद्ध किटानी जाहेरी दिन खोजेपनि प्रहरीले दर्ता नगरेको आफन्तको भनाई छ ।

किटानी जाहेरी दर्ता नगरेसम्म आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।