Logo

‘वाटर किङडम पार्क’ को उद्घाटन गर्न ओली बग्गी चढेर पुगे



काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाको झिलझिलेस्थित् वाटर किङडम पार्कको उद्घाटन गर्न बग्गी चढेर पुगेका छन्।

पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्‍याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेको बताईएको छ । ओलीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित आइतबार सञ्चालकले वाटर किङडम पुर्‍याएका हुन्।

तस्विर स्रोत : खगेन्द्र संग्रौलाको ट्विटरबाट 

 



प्रतिक्रिया दिनुहोस्