Logo

कर्मचारीको जिम्मामा जाँदै स्थानीय निकाय



काठमाडौं, २६ पौष । स्थानीय निकाय पुनः कर्मचारीको जिम्मामा जान सक्ने भएको छ । २०७९ सालको सुरुमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा चुनावको मिति तोक्नेबारे कुनै संकेतहरु देखिएको छैन ।

कोरोना भाइरसको तेस्रो लहर आएपछि नयाँ संकट देखिएको छ । यसकारण पनि चुनाव धकेलिनसक्ने देखिएको छ ।

निर्वाचन आयोगले चुनाव गर्नुपर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको छ । कानुन अनुसार फागुनमा चुनाव हुनुपर्छ । सरकारले चैत्र या वैशाखमा चुनाव गर्ने चर्चा पनि चलेको छ ।

तीन तहको चुनाव एकैपटक गर्ने चर्चा पनि भएको छ । त्यस्तो अवस्थामा चुनाव कात्तिक या मंसिरसम्म धकेलिन सक्छ । स्थानीय निकाय त्यस्तो अवस्थामा ६ महिना कर्मचारीको हातमा जान सक्छ ।

२०७४ वैशाखमा स्थानीय तहको चुनाव भएको थियो । २०७९ को वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिदैछ । त्यस अवधिमा चुनाव नभएमा कर्मचारीले स्थानीय तह सञ्चालन गर्नेछन् । विगतमा पनि जनप्रतिनिधिविहिन हुँदा डेढ दशक कर्मचारीले स्थानीय निकाय सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot