Logo

कमल थापाले किन गरे पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंशा ?



काठमाडौं, २७ पौष । पृथ्वीनारायण शाहको ३०० औ जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहबाट सकारात्मक धारणा व्यक्त गरेका छन् । यसअघि पूर्वराजा शाहको कडा आलोचना गर्दै बोलिरहेका थापाले आज भने सकारात्मक धारणा सार्वजनिक गरेका छन् ।

उनले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुनुलाई सुनमा सुगन्ध भनेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेकोमा आलोचना गरेका छन् ।

कमल थापाले लेखेका छन्ः पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु,नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ।यो परम्परा निरन्तर कायम रहोस्।राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको छ।आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो।प्रमको अनुपस्थिति ठिक लागेन



प्रतिक्रिया दिनुहोस्

Screenshot