Logo

बढी शुल्क लिने मेडिकल कलेजलाई छानबिन गरि कारबाहीको माग गर्दै गृहमन्त्री खाँडलाई ध्यानाकर्षण



काठमाडौं, २७ पुस । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै आज संयुक्त विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएको छ । संगठनले बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै मन्त्री खाँडलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएको विद्यार्थी प्रतिनिधिहरुमाथि कलेज प्रशासन र संचालकका भिजिलान्ते गुण्डाहरुले सुरक्षा गार्डको पोशाक लगाएर विद्यार्थीहरु माथि ढुंगामुढा गरेको संगठनले आरोप लगाएको छ।

विद्यार्थी संगठनले सम्बन्धित कलेजमाथि छानबिन गरि दोषीलाई कानुनी कारबाही र विद्यार्थीलाई सृुरक्षाको प्रत्याभुति दिलाउन माग गरेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिएको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनप्रति एक्यबद्धता जनाएको सोमबार विज्ञप्ती मार्फत सात विद्यार्थी संगठनले जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्