Logo

वीर अस्पतालमा डा.गुणराज लोहनीलाई हाजिर हुन नदिन कर्मचारी संघको चेतावनी



काठमाडौं, २८ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीलाई हाजिर हुन नदिने वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका छन् । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् ।

वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको भन्दै अर्बौको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर अस्पताल आउन लागेको आरोप लगाएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलवारमात्र लोहनीलाई वीर अस्पतालको १२ औं तहको प्रशासकीय प्रमुखका रुपमा सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा. भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

अस्पताल सुधारको काम अघि बढिरहेका बेला आर्थिक चलखेलबाट सरुवा भएको उनीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot