हत्याराले नै शव गाडेको ओडार देखाएपछि


बैतडी, पुस २९ । बैतडीको सूर्नया गाउँपालिका -६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ । सूर्नया ६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो ।

गत हप्ता मात्रै आफूलाई अपहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछि सडेको अवस्थामा शव भेटाएको हो । शव स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफूले हत्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मार्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।