प्रा.डा. अधिकारीको आग्रह– सबैजना सुरक्षित नभएसम्म कोहिपनि सुरक्षित हुँदैन, सबैले खोप लगाउँ


काठमाडौं, २९ पुस । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले सबैजना सुरक्षित नभएसम्म कोहिपनि सुरक्षित नहुने भन्दै मैले तिनवटा खोप पाइसके म सुरक्षति छु भनेर कसैले नसोच्न आग्रह गरेका छन् ।

उनले स्वस्थ्य मन्त्रालयको सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश दिएका हुन् ।

‘तपाई सुरक्षित हुनुहुन्छ तर, तपाई वरिपरिका मान्छेहरु संक्रमित छन् भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ’ उनले भने ।

साथै, उनले खोपबाट सुरक्षित हुनको लागि आफ्नो गाउँघरका मान्छेहरुलाई खोप लगाउन अनुरोध गर्न समेत आग्रह गरेका छन् ।