Logo

राजीव ढुंगाना अझै नेविसंघ अध्यक्ष भन्दै हिडेपछि…



काठमाडौं, २९ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आफूलाई अझै विद्यार्थी नेताको रुपमा उभ्याएका छन् । उनले नेपाल विद्यार्थी संघको अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गरेर पार्टी अवैधानिक कार्य गरेका छन् ।

काँग्रेसको विधानको धारा ४२ ले भातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भातृ संघको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ । तर, ढुंगानाले नेविसंघको अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गर्न छाडेका छैनन् । विधान अनुसार उनी काँग्रेस केन्द्रीय सदस्य हुन् । उक्त पदको सपथ लिइसकेका छन् ।

ढुंगानाले देशमा क्रियाशील सात विद्यार्थी संगठनहरुको संयुक्त बैठकपछि मेडिकल कलेजको शुल्कसम्बन्धी विषयमा विज्ञप्ति जारी गर्दा नेविसंघ अध्यक्षका रुपमा हस्ताक्षर गरेका छन् । यसले नेविसंघ र काँग्रेस वृत्तमा तरंग ल्याएको छ ।

ढुगाना सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । तर, उनको गृहक्षेत्र प्रदेश १ हो । मेडिकल कलेजमा कोइराला परिवारका डा. शेखर कोइराला अप्रत्यक्ष रुपमा जोडिएका छन् । त्यसमा ढुंगानाको पछिल्लो भूमिकालाई चासोका साथ हेरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot