Logo

विचरा मन्त्रीहरु आफैँ चल्न जान्दैनन्, कसरी ब्युरोक्रेसी चलाउँछन्: विष्णु रिमाल (भिडियोसहित)



नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मन्त्री बन्ने भन्ने कुरा ठट्टा भएको भन्दै हाउडेलाई मन्त्रालयमा राखेपछि यस्तै परिणाम आउने टिप्पणी गरेका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो टिप्पणाी गरेका हुन् ।

कार्यक्रममा बोल्दै रिमालले भने, ‘विचराहरुलाई केहि थाहा नै छैन् । न आफु चल्न जान्दछन् । न कर्मचारीतन्त्रलाई चलाउन सक्छन् । हाउडे मान्छेहरुलाई मन्त्रालयमा लगेर राखिदिएपछि आउने परिणाम यस्तै हो । मन्त्री बन्ने भन्ने कुरा ठट्टा होइन् । यो कुरा बुझ्नुपर्छ । मलाई अहिलेको सरकारले काम गर्छ भन्ने अपेक्षा नै छैन् ।’प्रस्तुत छ पत्रकार धमलासँग नेता रिमालले गरेको अन्तरवार्ताको सम्पादित अंशः

हिजो निर्वाचन आयोगले सर्वदलिय बैठकको आयोजना गर्यो । तर, निर्वाचनको मिति अझैपनि तोकिएन । अब तपाईहरु के गर्नुहुन्छ ?
हामीले त डेमोक्रेसीलाई ट्रयाकमा ल्याउ, लोकतन्त्रको विरुद्ध कोहि पनि नजाउँ भन्ने हो । मैले हिजो संचारकर्मी साथीहरुसँग पनि भनेको थिए । जनताले सबै नेताहरुको पृष्ठभुमी हेरेका हुन्छन् । ट्रयाक रेकर्ड हेरेका हुन्छन् । हामी सबैलाई थाहाँ छ, २०५४ सालमा भएको हाम्रो स्थानिय चुनाव २०५९ सालमा तत्कालिन समयको अवस्थामा म्याद नथपिएपछि २० वर्ष पछि मात्र चुनाव गर्नपर्ने अवस्था आएको थियो । त्यसले हाम्रो लोकतन्त्रको आधारलाई नै भत्काइदिएको थियो । त्यो बेला बिकेन्द्रीकरण मात्र रहेको थियो संघियता थिएन् । स्थानिय गाउँ विकास समितिलाई हामीले त्यतिबेला सरकार मानेका थियौं । अहिले त हामी संघियतामा गएका छौं । अहिलेको अवस्थामा तिनवटा सरकार रहेका छन् । यदि अहिलेको अवस्थामा स्थानिय तहको निर्वाचन नगर्ने हो र त्यो ठाउँ खाली राख्ने हो भने जनताले पाउदै आएका ७२ वटा सेवाहरु एकैपटक रोकिन्छ । जसले एकतिर गर्दा जनताले दुःख पाउने त भइहाल्यो । अर्कोतिर स्थानिय तहलाई हामीले लोकतन्त्रको आधार मान्दै आएका छौं । त्यो आधार नै भत्तकिने अवस्थामा जान्छ । मैले २०५४ र २०५९ साल किन सम्झीरहेको छु भने त्यो अवस्थामा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । तर, उहाँलाई स्थानिय तहको म्याद नथपिएको र लोकतन्त्रलाई नै दरबारमा बुझाएको आरोप पनि लाग्यो । त्यसैगरि नेपाली काँग्रेसका सर्वमान्ने नेता विपी कोइरालाजी ५२ सालको चुनावमा एक नम्बर बहुमतले जित्नुभयो । र उहाँकै प्रधानमन्त्रीत्वको कालमा नै राजाले पावर खोसेर लगेको इतिहास रहेको छ । नेपाली काँग्रेसलाई लखेटिरहने यो दुईवटा घटनाहरु छन् जसले लोकतन्त्रलाई गलत ठाउँमा प्रयोग गरेका थिए । हाम्रो अहिलेको प्रधानमन्त्री गठबन्धनको नेता हुनुहुन्छ, गठबन्धनमा अन्य दलहरुको आफ्नै कुरा होला । तर, प्रधानमन्त्रीजीले सोच्नुहोला भन्ने मलाई लाग्छ । सोच्नुभएन भने हाम्रो लोकतन्त्र बिग्रीन्छ भत्किन्छ । हिजो निर्वाचन आयोगले ठिकै भनेको छ । समयमा निर्वाचन भएन भने त्यसको प्रभाव के पर्ला भन्ने ९÷१० वटा बुँदामा भनेको छ । त्यसलाई ख्याल गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

निर्वाचन बनाउन १२० दिन चाहिन्छ । तर, अब १०० दिन पनि बाँकी छैन् । प्रधानमन्त्री देउवाले यस पटक निर्वाचन बनाउनु भएन भने तिन तहको निर्वाचन मंसिरमा एकैपटक होला ?
संविधान र कानुन नमान्ने हो भने जे गरेपनि भयो । तर, हाम्रो संविधानले चाही एउटा कुरा के स्पष्ट गरेको छ भने संघियतामा तिन तहका सरकार रहन्छन् । ति मध्य कुनैपनि सरकार खाली रहदैनन् भन्ने परिकल्पना गरेको छ । त्यो खाली रह्यो भने त्यो खाली ठाउँमा कसले काम गर्ने भन्ने कुराको व्याख्या छैन् । केहि मान्छेहरुले संविधानको अपव्याख्या गरेर आशामा बसिरहेका छन् । म त लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्छ भन्ने मान्छे हो । कोहि मान्छे त्यसको विरुद्धमा आयो भने हामी प्रतिवाद गर्छौं । नेपाली जनतालाई सजक गराएर आफ्नो कार्यक्रम अगाडी बढाउछौं ।

त्यो भए तपाईहरुले आज प्रधानमन्त्री देउवालाई भेट्नुभयो होइन् ?
होइन्, निर्वाचनको लागि त हामीले दबाव नै दिन परेन नी । सरकारमा बसेको दायित्व पुरा गर्न परेन त ?

सरकारले निर्वाचन गर्न चाहेन, यस विषयमा गम्भिर भएन भने तपाईंहरु दबाव दिनुहुँदैन् ?
यस्तो हुन्छ । सरकारले म निर्वाचन नै गराउदै भन्न पाउँदैन् । त्यसो गर्यो भने । निकम्मा सरकारको विपक्षमा हामी गरिहाल्छौं नि । त्यतिबेला सञ्चारकर्मी साथीहरुले हामीले पनि साथ दिनुहुन्छ भन्ने विश्वास छ । नेपाली जनता लोकतन्त्र भन्दा बाहिर जादैनन् । त्यो हामीले बुझेका छौं । तर, प्रक्रियागत रुपमा जानुपर्छ भन्ने हाम्रो धारण हो । किनभने निर्वाचन आयोगले हामीलाई तपाईंहरुले दिएको सुझावलाई हामीले प्रधानमन्त्री ज्यूसँग कुरा राख्छौं भन्नुभएको छ । अब उहाँले के भन्नुहुन्छ । हामी वैशाख भित्र चुनाव गरिसक्नु पर्ने कुरा लिएर जान्छौं । के निष्कर्ष निकालिन्छ । हामी कुर्ने छौं । यस्तो कुरामा हतार गर्नुहुँदैन् । तर, अहिलेको गठबन्धनको सरकार लोकतन्त्रको विरुद्धमा अगाडी बढ्न खोज्यो भने त्यसको विपक्षमा र लोकतन्त्रको पक्षमा हामीले आफ्ना कार्यक्रम लिएर आउने छौं ।

निर्वाचन आयोग पनि निर्वाचन गराउने पक्षमा रहेको छ । तर, प्रधानमन्त्रीले निर्वाचन गराउने मनसाय देखाउनुपर्यो । आज तपाईहरुले प्रधानमन्त्रीलाई भेटेर यो कुरा राख्नुभयो ?
होइन्, आजको विषय अर्कै हो । आजको विषय भनेको कोरोना महामारी र त्यसमा सरकारले लिनपर्ने तत्परताको हो । कोरोना अहिलेको अवस्थामा बढीरहेको छ । हामी सरकारमा भएको समयमा हामीले निरन्तर काम गरिरहेका थियौं । तर, अहिलेको सरकारले केहि पनि गरिरहेको छैन् । अनियन्त्रित रुपमा कोरोना बढ्दा पनि खोपहरु थुप्रीएर बसेको छ तर, वितरण गर्ने तालिका छैन् । काम गर्ने योजना भएका मान्छे छैनन् । प्रधानमन्त्री कार्यालयमा नौं जना सचिवलाई थुपारेर राखिएको छ । मन्त्रालय खाली छ । यस्तो भद्रगोल त जताततै रहेको छ । आजभोली मिडियामा पनि आइरहेका छन् । देशको अर्थतन्त्र ओरालो लाग्दै छ । एमालेलाई राम्रो नमान्ने मिडियाहरुले नै यो कुरा लेखिरहेका छन् । यो त हामीले गरेको होइन् होला ?

खोप लगाएका मान्छेलाई कोरोनाको असर कम छ । तर, जनताले खोप लगाउन पाएनन् । खोप लगाउन सरकार किन कमजोर भयो ?
तपाईंको कुरामा म पनि सहमत हु । सरकारको योजना नै छैन् । अनि कसरी जनताले खोप पाउछन् त ?

स्वास्थ्य मन्त्रीले राम्रोसँग काम गर्न सक्नुभएन भन्न खोज्नु भएको हो ?
विचराहरुलाई केहि थाहा नै छैन् । न आफु चल्न जान्दछन् । न कर्मचारीतन्त्रलाई चलाउन सक्छन् । हाउडे मान्छेहरुलाई मन्त्रालयमा लगेर राखिदिएपछि आउने परिणाम यस्तै हो । मन्त्री बन्ने भन्ने कुरा ठट्टा होइन् । यो कुरा बुझ्नुपर्छ । मलाई अहिलेको सरकारले काम गर्छ भन्ने अपेक्षा नै छैन् । म यो विषयमा टिप्पणी नै गर्दैन् । मैले त नगर्नुपर्ने काम नगर मात्र भनेको छु । स्थानिय तहलाई भद्रगोल नगर, संविधान र कानुनमा हिड भन्ने मात्र हो मेरो भनाई ।

तर, ओमीक्रोन शक्तिशाली छैन् भन्छन् नि यसका विज्ञहरु ?
रोग सानो ठूलो के हो त्यो डाक्टरहरुले भन्ने कुरा होला । म यसको विज्ञ होइन् । तर, मलाईं डर के छ भने मान्छेहरु भकाभक मर्न थाले भने अवस्था गम्भिर हुनसक्छ । जनताले खोप त लगाउन पाउनुपर्यो नि । भ्याक्सिन नलगाएकाहरुलाई यसले अफ्ठ्यारो पारेको कुरा सुनिएको छ । यसमा सरकारले राम्रोसँग काम गर्न पर्यौ । जसको हातमा डाढुपन्ने छ उसले राम्रोसँग भान्सेको काम गर्नुपर्यो मनलाग्दी गरेर हिड्न पाइएन भन्ने मात्र हो ।

नेकपा (एमाले)ले संसद अवरुद्ध गर्न थालेको धेरै समय भयो । तपाईंहरु संसद खुलाउन किन चाहनुभएन ?
संसदले भ्याक्सिन हान्ने हो र ? अहिले गर्नुपर्ने काम गरे भइहाल्यो नि । विषयलाई किन विषयान्तर गर्ने ? संसदको कुरा संसदमै गरौला । हाम्रो विराधले कुनै कुरा रोकेको छ र ? उहाँहरुलाई मनलागेको बिल पास गर्न हाम्रो अवरोधले उहाँहरुलाई रोकेको छ ? हाम्रो माग त सिम्पल छ । कि अदालतले फैसला गरोस अदालतको फैसलालाई हामीले मान्छौं भनेकै छौं । त्यो कुरा पनि अदालतसँगै गरौला । अब संसदको कुरा सभामुख ज्यूले एउटा निर्णय गरिदिनै पर्छ । उहाँहरु नकारात्मक काम गर्ने । मनलाग्दी ढंगले दलहरु फुटाउदै हिड्ने । अनि त्यसमा सरी पनि नभन्ने अनि अनावस्यरुपमा आफुले गरेको गल्तीको बचाउँ गर्दै हिड्ने ? लोकतन्त्रमा डाडुपन्यु दिने भनेको मनलाग्दी गर्ने हो र ?



प्रतिक्रिया दिनुहोस्