Logo

‘ध्रुवे’को आक्रमणबाट एक सैनिकको मृत्यु



चितवन, माघ २ । ध्रुवे हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जकोमा कार्यरत सेनाका जवानलाई शनिबार साँझ ध्रुवेले कुल्चिएको थियो । साइकल गस्तीमा निस्किएका जवानको ढाडमा कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो ।

घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको हो । निकुञ्जले मृतक जवानको पहिचान खुलाएको छैन ।



प्रतिक्रिया दिनुहोस्