Logo

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ



झापा, २ पुस । बालयौन दुरुपयोग गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–९ दुर्गा टोल बस्ने ४० वर्षीय नर बहादुर कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बालयौन दुरुपयोग गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्