Logo

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन



काठमाडौं, ७ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा गएराति कोरोना भाइरसको संक्रमणले ह्याम्स अस्पतालमा निधन भएको हो ।

भाषासेवी, उद्योगपति, समाजसेवीको परिचय बनाएका मानन्धर बौद्ध धर्मको धर्मोदय सभाका आजीवन उपाध्यक्ष थिए । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह सल्लाहकार समितिका अध्यक्ष, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका अध्यक्ष, जगतसुन्दर ब्वनेकुथि स्कुल संचालक समितिका अध्यक्ष, केन्द्रीय मानन्धर संघका पूर्व सभापति, नेपाली भाषा एकेडेमीका संस्थापक सदस्य साथै दर्जनौं संघसस्थामा थिए ।



प्रतिक्रिया दिनुहोस्