रेणु यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित हो : कांग्रेस नेता पौडेल


काठमाडौँ, ८ माघ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादा विपरित रहेको बताएका छन् । आज (शनिबार) उनले ट्वीटरमार्फत यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।हिंसालाई प्रोत्साहन दिने,द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन्।अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित हो।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन्।

Skip This

Omoda E5 Pro