Logo

बाबुरामलाई गोकुलले ‘हत्यारा’ भनेपछि…



काठमाडौं, ८ माघ । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई हत्यारा भनेका छन् । उनले बाबुराममाथि हारजंग र चितवनमा विगतमा भएका हत्यामा भूमिका खेलेको आरोप समेत लगाएका छन् ।

आज ट्वीट गर्दै बाँस्कोटाले हारजंगमा ८ जना नागरिकलाई घरभित्रै जिउँदै जलाएर मार्ने, चितवनमा ४ वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोजेको टिप्पणी गरे । आज भट्टराईले एमालेलाई हिटलरसँग जोडेर टिप्पणी गरेपछि बाँस्कोटाको कडा प्रतिक्रिया आएको हो ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।

बाबुरामले ट्वीटरमा लेखेका छन्ः विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्।नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो!



प्रतिक्रिया दिनुहोस्