Logo

सरकारलाई ओलीको प्रश्न- ‘२४ लाख खोप कसले बेच्यो ?’



काठमाडौँ, ९ माघ: नेकपा (एमाले)ले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार देखिएको जनाएको छ । आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।

साथै, केही दिनदिन सञ्चारमा माध्यममा झण्डै २४ लाख डोज खो हराएको भन्ने प्रति पनि ओलीले प्रश्न गरेका छन् । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै ती खोप कसले बेच्यो भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’

अध्यक्ष ओलीले अहिले पनि हजारौं नागरिक खोपबाट बञ्चित रहेको भन्दै खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समेत उपलब्ध गराउन नसक्नुले सरकार गैरजिम्मेवार रहेको प्रष्ट भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्