Logo

डाक्टरको परीक्षा दिन नक्कली परीक्षार्थी पुगेपछि…



काठमाडौं, ९ माघ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी /एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीन जना पक्राउ परेका छन् ।

गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्ने ३ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी बनेका भारतको उत्तर प्रदेश, गोण्डा घर भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, बिचौलिया भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्