Logo

गठबन्धनका शिर्ष नेताहरुद्वारा कानुन व्यवसायीसँग परामर्श, स्थानीय चुनाव पछि धकेल्ने संकेत



काठमाडौं, ९ माघ । सत्तारुढ गठबन्धनका शिर्ष नेताले कानून व्यवसायीहरुसँग परामर्श गरेका छन् । आज अपरान्ह बालुवाटारमा कानून व्यवसायीसँग स्थानीय तहको निर्वाचन सम्बन्धी कानूनबारे परामर्श लिएका हुन् ।

छलफलपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून संशोधन गर्ने सुझाव प्राप्त भएको जानकारी दिए । उनले स्थानीय तह ऐन र संविधानको धारा २२५ बाझिएको देखिएकाले कानून संशोधनको सुझाव प्राप्त भएको बताए । कानून व्यवसायीले सच्याउन सुझाव दिए अनुसार सरकार अगाडि बढ्ने भएको छ ।

ऐनमा संशोधन गरेर भएपनि स्थानीय चुनाव केही पछि धकेल्ने संकेत गठबन्धनले गरेका छन् । तीन तहको चुनाव एकैपटक गर्ने, प्रतिनिधि सभाको चुनाव पहिले गरेर स्थानीय चुनाव गर्ने वा स्थानीय चुनाव पहिले गर्नेबारे समेत छलफल भएको बुझिएको छ । यसमा विद्यमान कानून र जटिलताहरुबारे समेत छलफल भएको बुझिएको छ ।

आजको छलफलमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्