Logo

यसकारण चुनाव धकेल्ने प्रचण्ड रणनीति



काठमाडौं, १० माघ । नेकपा एमाले सबैभन्दा बढी सत्तामा रहेको पार्टीका रुपमा रहेको छ । सत्तासँग नजोडिदा एमालेभित्र पहिरो जाने गरेको छ । यही यथार्थ बुझेर माओवादी अध्यक्ष प्रचण्डले अझै एक वर्ष जति एमालेलाई सत्ताबाहिर राखेर चुनावमा जाने रणनीति बनाएको देखिन्छ ।

सत्ता बाहिर हुँदा एमालेका कतिपय नेता कार्यकर्ताहरु विस्तारै अन्य पार्टीतर्फ ध्यान दिन थालेका छन् । कतिपयले एमाले छाडेर नेकपा एस रोजिरहेका छन् । यो क्रमले उति नै गति लिन्छ जति एमाले सत्ता बाहिर रहन्छ भन्ने बुझाई प्रचण्ड र माधवकुमार नेपालमा देखिदैछ ।

एमालेलाई कमजोर बनाउँदै लगेर मात्र चुनावमा जाने प्रचण्डको तयारी देखिएको छ । उनले माधव नेपालसँग चुनावी तालमेल गर्ने निश्चित जस्तै छ । पूर्वमाओवादीहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि तालमेलको तयारी गरिरहेका छन् । विप्लवलाई पनि साथ ल्याउने प्रचण्डको पहल देखिन्छ ।

एमालेलाई एक्ल्याउने र उसका कार्यकर्ता तान्दै सकभर काँग्रेससँग पनि तालमेल गरेर चुनावी सफलता हासिल गर्ने प्रचण्डको रणनीति छ । प्रचण्डको रणनीतिमा देउवा अगाडि बढिरहेको देखिदैछ । प्रचण्डकै चाहना अनुसार चुनाव सारेर मंसिर या फागुनमा पुर्याउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्