Logo

वर्षमान पुन ‘चार्टर विमान’मार्फत स्वदेश फर्किँदै, सामाजिक सञ्जालमा चर्को आलोचना



काठमाडौं, १० माघ । चीनमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कदैछन् । तर, उनी स्वदेश आईनपुग्दै उनको चर्को आलोचना भएको छ। कारण हो उनी चार्टर विमानमार्फत नेपाल आउन लाग्नु ।

यसअघि नै पुनले आफू माघ १० गते स्वदेश फर्कने जनाएका थिए । तर, आज पुन चार्टर विमानमार्फत नेपाल आउन लागेको समाचार बाहिरिएपछि भने उनको चर्को आलोचना भएको छ । पुनको आर्थिक हैसियत के हो ? भन्दै सञ्जालमा प्रश्न उठाईएको छ ।

पुनले सुरुमा बैंककमा उपचार गराएका थिए । तर, त्यहाँ उल्लेखनीय सुधार नभएपछि उनलाई पछि चीनमा ल्याईएको थियो । पुनले आफू पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् यसअघि नै दिईसकेका छन् । उनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उनी विश्वमै विरलै देखिने जण्डिससम्बन्धी रोगबाट ग्रसित थिए । file photo



प्रतिक्रिया दिनुहोस्