Logo

चिकित्सक संघको माघ २१ र २२ गते हुने भनिएको महाधिवेशन स्थगित



काठमाडौ, ११ माघ । नेपाल आयुर्वेद चिकित्सक संघको आगामी माघ २१ र २२ गते हुने भनिएको दशौं महाधिवेशन स्थगित भएको छ। संघको महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित भएको हो ।

संघले आज एक विज्ञप्ती जारी गर्दै विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले अर्को सूचना नआएसम्मका लागि महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

विभिन्न समितिका कार्यहरु सुचारु राख्न समितिका संयोजक तथा सदस्यहरुलाई संघले आग्रह गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot