Logo

मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ : नेता पौडेल



काठमाडौँ, १५ माघ: सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एंव नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान बसेको बैठकमा पौडेलले उक्त प्रश्न राखेका हुन् ।

‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्त्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसद्‌मा एउटा कानुन पास गराउन सक्ने अवस्थामा छैन । कानुन संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ,’ उनले भने, ‘अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरू क्रियाशील भइरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्