Logo

एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं : डा. बाबुराम भट्टराई



काठमाडौँ, १७ माघ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एमसीसी आलटाल नगरी पारित गर्नुपर्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमसीसी सम्झौता संसद्बाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुनेसमेत बताएका छन् ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’ भट्टराईले एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने बताएका छन् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै उनले सचेत पनि गराएका छन् । ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्’, उनले भनेका छन्, ‘शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot