कांग्रेस स्थानीय तहको निर्वाचनको तयारीमा होमियो


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीलाई अब स्थानीय तहको निर्वाचनमा होम्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुने तय भएको छ ।

आज (बुधबार) प्रधानमत्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले भोलि बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको एक नेताले जनाए। कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुने ती नेताको भनाई छ।

Skip This

Omoda E5 Pro