Logo

निर्वाचन हुन नदिने र रोक्न खोज्ने गठबन्धनमा छन्ः ओली



काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा चुनाव हुन नदिने र रोक्न खोज्नेहरु भएको टिप्पणी गरेका छन् । उनले चुनाव हुन नदिने षड्यन्त्रलाई असफल बनाएर बहुमत हासिल गर्ने दाबी गरे ।

‘चुनाव हुन नदिने रचुनाव रोक्न खोज्ने गठबन्धनमा छन्,’ ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा भने,‘हामी कसैलाई चुनावबाट भाग्न दिदैनौं र चुनाव जित्छौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै ओलीले चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने,‘गठबन्धन तोडेर होइन उनीहरुसँग लडेर बहुमत ल्याउँछौं ।’

प्रचण्ड र नेपालतर्फ संकेत गर्दै ओलीले पार्टी फोडेर र सरकार ढालेर प्रतिक्रियावादीको सेवामा गएको आरोप लगाए । दुवैलाई वामपन्थी र देशभक्तको खोल ओढेको टिप्पणी गरे ।

चुनावको मिति घोषणा गर्न नदिने गतिविधिलाई असफल बनाएर चुनावको मिति घोषणा गराउन सकेको बताए । उनले चुनाव हुन नदिन र भएपनि धाँधली गर्ने गतिविधिहरु गरेको विषय उल्लेख गर्दै अब त्यसो हुन नदिने बताए । ‘वत्ती निभाएर र मतपत्र च्यातेर जित्ने कल्पना नदेखे हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्