Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ताबारे ओलीले भने- ‘यो महाअभियोग निर्वाचन रोक्ने षढयन्त्र हो’



काठमाडौँ, १ फागुन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग ‘अनुचित, अनुत्तरदायी र हानिकारक’ उद्देश्यबाट आएको बताएका छन् । आज (आइतबार) सत्ता गठबन्धनका तीन दलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रतिक्रिया दिदै ओलीले भने, ‘महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आयो । यो धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’

उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताएका छन् ।

 

‘प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर’



प्रतिक्रिया दिनुहोस्

Screenshot