Logo

मसालले एमाले र राजावादीसँग तालमेल नगर्ने



काठमाडौं, ३ फागुन । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग तालमेल नगर्ने भएको छ । पार्टीको गत माघ २८ र २९ गते बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्न सकिने निर्णय भएको जनाइएको छ ।

आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने पार्टीको नीति हुने भएपनि राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने पार्टीको नीति भएको महासचिव मोहनविक्रम सिंहले बताएका छन् ।

उनको अनुसार बैठकमा एमसीसी खारेज हुनुपर्ने अघिदेखिकै अडानलाई निरन्तरता दिने निर्णय भएको छ ।

‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ । तर विभिन्न सामाजिक विषयहरूमा आवश्यकता अनुसार उनीहरूसित तालमेल गर्न सकिने छ ।’ मसालले गरेको निर्णयमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot